हीरक महोत्सवको उद्घाटन कार्यक्रमा योगेश भट्टराई माथि नाराबाजीको वास्तविकता (फोटो फिचर)

राजेन्द्र श्रेष्ठ
बैशाख ८, २०८२

लेलेप,ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका हीरक जयन्तीको अवसरमा हीरक महोत्सव आयोजन गरियो हीरक महोत्सव आयोजक समितिको अध्यक्ष थिए कञ्चनजंघा व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बु।बैशाख ५ गते उद्घाटन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेलाई प्रमुख अतिथी र एमाले सचिव समेत रहेका जिल्लाको प्रतिनिधिसभा सदस्य योगेश भट्टराई विशेष अतिथीको रुपमा आमन्त्रण गरिएको थियो।
उद्घाटनका लागि हेलिकोप्टर मार्फत मन्त्री पाण्डे र सांसद भट्टराई सिरिजंघा गाउँपालिकाका पूर्व अध्यक्ष टीका गुरुङ ११ः४० कञ्चनजंघा व्यवस्थापन परिषदको हेलिप्याड लेलेपमा उत्रिनु भएको थियो । हीरक महोत्सवको आयोजक समितिका अध्यक्ष फेम्वो लगायतले प्रमुख अतिथी र विशिष्ठ अतिथीलाई स्वागत गर्नुभएको थियो ।

स्वागत पछि कञ्चनजंघा संरक्षण क्षेत्रले निर्माण गरेको फलैचामा केही समय विश्राम पछि खाना खानको लागि सरस्वती च्यारिबुक विद्यालय नजिकै रहेको ग्याल्जेन शेर्पा दाईको होटलमा गएका थिए। अध्यक्ष फेम्बोले आफै पाहुनाहरुलाई खाना खुवाउन खटिनु भएको थियो।
दिनको १२ः१९ मा विधालयबाट सुरु भएको विद्यार्थी सहितको र्यालीसंग मन्त्री र विशेष अतिथी लगायतका अतिथीहरु कार्यक्रम स्थलमा प्रवेश गरेका थिए । सांसद भट्टराईले बुलबेलि फाउन्डेसन युकेका अध्यक्ष र विश्व बन्यजन्तु कोष लगायतका अतिथीहरुलाई ताप्लेजुङ जिल्लामा स्वागत गर्दै तस्वीरहरु लिनु भएको थियो । त्यसपछि नेपाल टेलिभिजन इटहरीका संवाददाता पत्रकार भुमिका पाख्रिनको संचालनमा औपचारिक कार्यक्रम शुरु भएको थियो।
कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषदका सदस्य सचिव मनकुमार राईको स्वागत मन्त्यव्यबाट सुरु भएको कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुबाट स्वागत नृत्य र विभिन्न सांस्कृतिक झांकी र कला प्रस्तुत गरिएको थियो ।प्रमुख अतिथीबाट पानसमा बत्ति बालेर र विरुवामा पानी हालि कार्यक्रम उद्घाटन गरियो।


हिमालय ट्रस युकेका अध्यक्ष ग्राम रिग्ली र विश्व बन्यजन्तुकोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङले कञ्चजंघा क्षेत्र विश्वको सुन्दर उपहार भएको उल्लेख गर्नुभयो । पालिकाको तर्फबाट स्थानीय पालिका फक्ताङलुङका उपाध्यक्ष विकास साम्राले फक्ताङलुङको विकासका लागि केन्द्रीय सरकार र प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।राजनीतिक दलका तर्फबाट नेपाली काग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले हीरक महोत्सवको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्रीद्धय निर्मला तावा र तिलकुमार मेन्याङ्वोले शुभकामना मन्त्यव्य राख्दै कञ्चनजंघा क्षेत्रको विकासको लागि राज्यको ध्यान जानुपर्ने कुरा बताउनुभएको थियो ।
प्रतिनिधिसभा सदस्य तथा पुर्व संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले महोत्सवले पर्यटन क्षेत्रको विकासको लागि कञ्चनजंघा सम्म पुग्ने टेकिङ रुट विकास, विदेशी तथा स्वदेशी पर्यटकलाई राम्रो आतिथ्यता दिदै जानु पर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले एक हजार वर्ष पुरानो ओलाङचुङगोलाको ढिकीछोलिङ गुम्बाको लागि बजेट विनियोजन गर्न माग समेत गर्नु भएको थियो। ग्रेट हिमाल ट्रेलको प्रमोशन भएमा आगामी दिनमा यो क्षेत्रमा धेरै पर्यटक भित्रने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले फक्ताङलुङ धार्मिक आस्था केन्द्र भएकोले सोको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । टिप्ताला भञ्जाङ देखि ताप्लेजुङ सदरमुकाम फुङलिङ सम्म ८५ किमीको बाटो कालोपत्रे गर्नका लागि चीन सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले ताप्लेजुङको प्रकृति र संस्कृतिको जर्गेना गदै ताप्लेजुङको विकास र समृद्धिको लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने धारणा राख्नु भएको थियो।
प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेले हीरक महोत्सव भब्य र सभ्य तरिकाले भएको उल्लेख गदै पर्यटन प्रर्बद्धन र जैविक विविधता संरक्षण गदै पर्यापर्यटनको लागि सवै एक भएर अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो । मन्त्री पाण्डेले आज भन्दा ७० वर्ष अघिको कञ्चनजंघामा मानव पाईला टेकेको स्मरण गदै संसारको तेस्रो हिमाल कञ्चनजंघा प्राकृति रुपमा मात्र होईन सुन्दरताको रस्वा साधन गर्दै धार्मिक रुपमा पुजा समेत गर्ने उल्लेख गर्नुभयो । नेपालको शिर ठाडो बनाउनका लागि हिमाल संरक्षण गनुपर्नेमा उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले हाम्रो नेपालमा भएको विविधतापूर्ण संस्कृति र प्रकृति जोगाउन सके र एक अर्काको रितिरिवाजको संरक्षण गदै नेपालको दृश्य र संस्कृति मात्रै देखाउन सके पनि नेपालको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्नु भयो । मन्त्री पाण्डेले संस्कृति र प्रकृतिको संंरक्षणको पाटोलाई ध्यान दिदै विकासको नयाँ आयामलाई उपयोग गदै नयाँ दिशामा सरकारले ध्यान दिएर काम गर्ने बताउनुभएको थियो । उहाँले तीन तहको सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा कञ्चजंघा संरक्षण ब्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बोले हीरक महोत्सव सफल बनाउन आउनुभएका प्रकृति, संस्कृतिलाई संरक्षण गदै दिगो पर्यापर्यटन सँग जोडदै स्थानीय समुदायको जिविकोपार्जनसंग जोडदै सवैको साथ सहयोगमा महोत्सव मनाईएको उल्लेख गर्नुभयो । कञ्चनजंघा विश्को नमुना संरक्षण क्षेत्र भएको उल्लेख गर्दै विदेशी पर्यटकलाई कञ्चनजंघा क्षेत्रमा भित्रयाउन सकेमा धेरै फाईदा हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष फेम्बोले प्रकृति र संस्कृतिको संरक्षण गरेर अघि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो। उहाँले विकासको नाममा प्रकृतिको दोहन गर्न नहुने उल्लेख गर्दै संरक्षण क्षेत्रमा भएको प्रकृतिको संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गर्दे कार्यक्रम समापन गर्नुभयो ।
करिब सवा ३ घण्टा उद्घाटन कार्यक्रमको औपचारिक कार्यक्रम संचालन भएको थियो। कार्यक्रम समापन पछि प्रमुख अतिथी मन्त्री पाण्डे,सांसद भट्टराई र पूर्व अध्यक्ष टीका गुरुङ काठमार्डौ फर्कन हेलिकोप्टर तर्फ प्रस्थान गर्नुभयो ।
मन्त्री भन्दा केही अघि मात्रै रहनु भएका सांसद भट्टराई हेलिकोप्टर चढ्न अघि पिसाब फेर्न कञ्चनजंघा संरक्षण क्षेत्रको कार्याल तर्फ प्रस्थान गर्नुभयो। अध्यक्ष फेम्बु भने मन्त्रीसँग गफ गर्दै हेलिकोप्टर तर्फ गई रहनु भएको थियो । हेलिकोप्टर तर्फ जानेबाटो तल नै भएकोले अध्यक्ष फेम्बोले माननीय ज्यू बाटो यता भन्दै हुनुहुन्थ्यो। तर सांसद भट्टराई शौचालय तर्फ जानुभयो। शौचालय गएपछि केही व्यक्तिहरुले भट्टराई विरुद्ध परिषदको कार्यालय अगाडी नाराबाजी गरेका थिए, सांसद भट्टराई भने शौचालय भित्रै थिए । बाहिर नाराजुलुश गरेपछि प्रहरीले शौचालय बाहिरबाट सांसद भट्टराईलाई सुरक्षा दिएका थिए । अध्यक्ष फेम्बोले मन्त्रीलाई हेलिकोप्टरमा पुरयाएर केही माथि रहेको कार्यालयमा नाराजुलुश भएपछि सांसद भट्टराईलाई खोज्दै हतार हतार आएर नाराजुलुश गर्नेहररुलाई सम्झाए । सांसद भट्टराई शौचालयबाट निस्केपछि सोझै हेलिकोप्टर भएको तर्फ जानुभयो र हेलिकोप्टर चढेर काठमाडौ प्रस्थान गर्नुभयो  हेलिकोप्टर  ३ः४५ बजे काठमाडौ तर्फ उड्यो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*