ताप्लेजुङ घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

वेलकम खबर
बैशाख ८, २०८२

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहान ताप्लेजुङमा सवारी साधनमा आगलागी भई चार जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।उनले निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै घाइतेहरूको घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि मुख्यमन्त्री कार्कीले गरेका छन् ।आज बिहान ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने क्रममा बिजुलीको तार झरेर गाडीमा आगोलागि हुँदा चार जनाको निधन भएको थियो।

मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिएका छन् । उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु