पाथीभरा क्षेत्र विकासले दुई कार्यविधि माथि सुझाव सङ्कलन गर्‍यो

वेलकम खबर
बैशाख ७, २०८२

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिलाई काम गर्न सहज बनाउने उद्देश्यले आज दुई वटा कार्यविधि माथि सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा देवी अक्षयकोष सञ्चालन कार्यविधि र सुनचाँदी तथा भेटी सञ्चालन सम्बन्धी कार्यविधिका बारेमा जिल्लामा रहेका राजनीतिक दल, क्षेत्र  विकास समितिका पूर्व अध्यक्ष, पूर्व कार्यकारी निर्देशक ,वाणिज्य सङ्घ र सञ्चारकर्मी बीच सुझाव सङ्कलन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।

 जिल्ला समन्वय प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रम राजनीतिक दलका तर्फबाट बोल्दै नेपाली काङ्ग्रेसका सभापति गजेन्द्र तुम्वाहाङले पाथीभरा क्षेत्र विकास समितिको गठन आदेश अनुसार कार्यविधि बनाएर  थप काम गर्न खोजेकोमा धन्यवाद दिदैँ पाथीभरामा भक्तजनहरूले चढाएको रकम दुरुपयोग नहोस् भन्दै क्षेत्र विकासलाई सजग समेत गराउनु भएको छ । उहाँले भक्तजनहरूले चढाएको घण्टीहरू पुरातात्विक महत्वको हुने हुँदा यसको संरक्षण गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको अध्यक्षतामा कार्यक्रम सुझाब सङ्कलन भएको थियो ।
आज दुईवटा कार्यविधि माथि सङ्कलन गरिएको सुझाव  भोलि सोमवार बस्ने पाथीभरा क्षेत्र विकास समितिको बैठकबाट पास गरी स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने कार्यकारी निर्देशक हाङवाङले जानकारी दिनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*