ताप्लेजुङको तापेथोक बगरमा कञ्चनजङ्घा पार्क सेन्टर निर्माण हुने (फोटो फिचर)
ताप्लेजुङ । ताप्लेजुङको फकताङलुङमा गाउँपालिका तापेथोकमा कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण हुने भएको छ । फक्ताङलुङ ५ को तापेथोक बगरमा पर्यटन प्रवर्द्धनलाई लक्षित गरी निर्माण हुन लागेको उक्त पार्कको शुक्रबार एक विशेष समारोहका बीच शिलान्यास गरिएको छ।पार्क निर्माण स्थलमा हिमालयन ट्रस्ट युकेका अध्यक्ष ग्राम रिग्ली र डब्लु डब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले संयुक्त रूपमा शिलान्यास गर्नु भएको थियो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार पार्क सेन्टर भित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण सङ्कलन गर्ने कार्यालयसमेत रहने जानकारी दिनुभयो । अध्यक्ष फेम्बोले भन्नुभयो । यस संरचनाले संरक्षण क्षेत्रको व्यवस्थापन थप प्रभावकारी बनाउनेछ, साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउनेछ । उहाँले निर्माणका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहयोगको लागि आग्रह गर्नुभयो। अध्यक्ष फेम्बोले पार्क निर्माणको लागि करिब ५ करोड लाग्ने अनुमान गरिएको बताउनुभयो ।






















