योगेश भट्टराई माथि अराजक गतिविधि गर्नेलाई कानुनी कारवाही गर्न एमालेको माग  

वेलकम खबर
बैशाख ६, २०८२

 ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई शुक्रवार फकताङलुङमा गाउँपालिकाको लेलेपमा नाराबाजी गदै अराजक गतिविधि गरेको भन्दै नेकपा एमाले र भ्रातृसँगठनहरू घोर भर्त्सना गदै खेद व्यक्त गरेको छ । 

 फक्तालुङ  ६ लेलेपमा कञ्चजजङ्घा क्षेत्र व्यवस्थापन परिषदद्वारा आयोजना गरिएको कार्यक्रम सकेर काठमाडौँ फिर्ने क्रम नेता भट्टराई माथि गाली गलौज तथा अराजक कृयाकलाप भन्दै नेकपा एमाले को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमाले जारी गरेका विज्ञप्तिमा लोकतन्त्रमा आफ्नो विचार राख्ने स्वतन्त्रता  अभिव्यक्ति दिने कानुनी अधिकार सबै नागरिकमा रहेको उल्लेख गदै अराजक गतिविधि गर्नेलाई कानुनी दायरमा ल्याउन समेत माग गरेको छ । विज्ञप्तिमा नेकपा एमाले कार्यवाहक अध्यक्ष दीपेन पोमुले हस्ताक्षर गर्नु भएको छ ।
त्यस्तै पालिका पालिका कमिटीले पनि आफ्नो केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य भट्टराई गृह जिल्लामा आउँदा पहिचानको नाममा अवाञ्छनीय गतिविधि गदै नाराबाजी गरेको र नेतालाई अपमान गरेको उल्लेख गदै  दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ ।
राष्ट्र  युवा सङ्घले अराजक केही भिजलान्ते विकास विरोधी, अतिवादी तत्वहरूले हीरक महोत्सव जस्तो विशाल, महत्वपूर्ण कार्यक्रममा आउनु भएको हाम्रो पार्टी नेतामाथि गरिएको दुर्व्यववहार प्रति हाम्रो सङ्गठनले पहिचानको नाममा गरिने यस्ता अवान्छित गतिविधिहरूलाई कानुनी कठघरामा ल्याउन सरकार समक्ष जोडदार माग गर्दछ । यदि सरकार, प्रहरी प्रशासन मुक दर्शक बने राष्ट्रिय युवा सङ्घ नेपालले आफै बाध्य भई कारबाही गर्ने समेत चेतावनी दिदैँ यसै विज्ञप्ति   मार्फत  सचेत गराएको उल्लेख गरेको छ ।

 

  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*