केन्द्रीय र प्रदेश नेतालाई आफुखुशी कार्यक्रम नगर्न एमाले ताप्लेजुङको निर्देशन
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले केन्द्रीय कमिटी र प्रदेश कमिटीका नेताहरू आफुखुशी कार्यक्रम बनाएर हिँडेको भन्दै अव देखि त्यस्तो नगर्न सुझाएको छ ।
आज नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको चौथौ बैठकले केन्द्रीय र प्रदेश नेताहरूलाई जिल्ला कमिटीलाई जानकारी नगराई कार्यक्रम नगर्न निर्देशन समेत गराएको हो । बैठकले कमल लिम्बु, राजेश प्याकुरेल, दिवस लिवाङ, केदारजंग चोङवाङ, रुपेन्द्र वनेम, सुर्यमान याक्सो, सुर्यप्रकाश आङवुहाङ, लालुमाया सार्की, याम अङछङ्वो,विक्रम मेन्याङ्वो, चन्द्र यवागु, जिवन हेल्लोक,जर्नादन खतिवडा, डिल्ली मादेन,लालकाजी वनेम र समायोजनबाट सन्त बराईलीलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो ।
बैठकले तीन पटक सम्म बैठकमा उपस्थित नहुने जिल्ला कमिटी सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले ७५ वर्ष पुरा गरेको ज्येष्ठ जिल्ला कमिटी सदस्य भएका नेताहरूलाई सम्मान गर्ने भएको छ । पालिका विभिन्न क्षेत्रमा रहेका पाटीमा विगतमा योगदान पुर्याएको ज्येष्ठ अग्रज नेतालाई दोसल्ला ओढाएर सम्मान गर्न लागेको उहाँले बैठकमा पार्टी केन्द्रको सर्कुलरमा तीन महिने जरा अभियानको समीक्षा समेत गरिएको थियो । बैठकले २०८२ सालको पार्टी सदस्य नवीकरण वैशाख भित्र गरी सक्नु पर्ने निर्णय गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा आँउदो बैशाख ९ गते पार्टी कार्यालयमा स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ भने वैशाख ११ गते युवा महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको सचिव सन्तोष चाम्लिङ राईले जानकारी दिनुभयो ।




















