कञ्चनजङ्घा हीरक महोत्सवको तयारी पुरा ,भलिवलको खेल भोलि देखि शुरु
ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङको लेलेपमा तीन दिन हीरक महोत्सव मनाइदैछ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार दिगो पर्यटन समृद्धिको आधार भन्ने मुख्य नारासहित आँउदो शुक्रवार देखि फक्ताङलुङको कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालय रहेको स्थान लेलेप ६ हीरक महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
५ गते देखि शुरु हुने हीरक महोत्सवको तयारी सबै पुरा भएको महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गर्नु कञ्चनजङ्घा संरक्षण व्यवस्थापन परिषदका कार्यालय सचिव मनकुमार लिम्बुका जानकारी दिनुभयो महोत्सवमा विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रमहरू ताप्लेजुङ जिल्लाका कञ्चनजङ्घा आरोहण गर्ने ६ जनालाई सम्मान, कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको विक्रि वितरण, स्थानीय खाद्यय परिकारको प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि, पदयात्रा, फोटो, भिडियो प्रर्दशनी लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । अन्तर पालिका स्तरीय भलिवलको खेल भोलि देखि शुरु हुने आयोजकले जनाएको छ ।
सन् १९५५ मे २५ मा दक्षिणी मोहोडाबाट ब्रिटिस आरोही जो ब्राउन र जर्ज ब्याण्डले सफल आरोहण गरेका थिए । कञ्चनजङ्घा विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल हो । यो संरक्षण क्षेत्रमा ८ हजार मिटर भन्दा माथि उचाईका ४ र ७ हजार भन्दा माथि उचाइका १७ वटा हिमालका चुचुरा रहेका छन् ।
कञ्चनजङ्घाका उत्तर र दक्षिण गरि दुई बेस क्याम्प रहेका छन् । २ हजार ३५ बर्ग किलोमीटरमा फैलिएको क्षेत्रमा २५०० प्रजातिका फुल फुल्ने वनस्पति, ८१० प्रजातिका फुल नफुल्ने वनस्पति, २३ प्रजातिका गुराँसहरू, ४८ प्रजातिका अर्किड र १४ प्रजातिका एैंसेलुहरु पाईने परिषदले जानकारी दिएको छ । ४५ प्रजातिका स्तनधारी र ३ सय ३० प्रजातिका चरा पाईने वार्षिक प्रतिवेदनका उल्लेख छ ।
महोत्सव कञ्चजंघा व्यवस्थापन परिषद, कञ्चजंघा संरक्षण क्षेत्र कार्यालय र समृद्ध पहाडको सयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।



















