सुनसरीमा गोली चल्यो, २ जना घाइते

वेलकम खबर
बैशाख १, २०८२

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। सोमबार बेलुकी पौनै ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेपछि त्यही ठाउँमा बस्ने २१ वर्षका शिवकुमार मेहता र २७ वर्षका रविनकुमार यादव घाइते भएका छन्। घटनास्थलमा ३ राउन्ड गोली प्रहार भएको थियो। मेहताको पेट र यादवको नाकमा गोली लागेको बताइएको छ।  गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसेकेको र घटनास्थलमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*