ताप्लेजुङमा योेगेश भट्टराईले वितरण गरे कम्प्युटर
ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ एक विद्यालयलाई कम्प्युटर प्रदान गर्नु भएको छ । ताप्लेजुङ फुङलिङ नगरपालिका वडा ७ स्थित दोखुको दीपज्योति आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र प्रिन्टर वितरण गर्नु भएको हो ।

हिमालय लाइन्स क्लब अफ काठमाडौँ सिद्धार्थ प्यालेसले उपलब्ध गराएको एक लाख रकम बराबरको कम्प्युटर र प्रिन्टर प्रतिनिधिसभा सदस्य भट्टराईले विद्यालयमा कम्प्युटर हस्तान्तरण तथा सम्मान कार्यक्रममा प्रधानअध्यापक सिता निरौला र व्यवस्थापन समिति अध्यक्ष गुञ्जमान गुरुङलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गदै नेकपा एमालेका सचिव समेत रहनु भएका भट्टराईले ताप्लेजुङका विभिन्न विद्यालयलाई भौतिक संरचना निर्माणमा विभिन्न विद्यालयले सहयोग गरि रहेको उल्लेख गर्नुभयो । पूर्वमन्त्री समेत भईसक्नु भएका सांसद भट्टराईले युडब्लु एसले जिल्लाका विभिन्न ७ वटा विद्यालयको भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद प्रदान गदै विद्यालयको भवन निर्माण पछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको समेत दाबी गर्नुभयो । दीपज्योति आधारभूत विद्यालयको जग्गादाता ,विभिन्न रुपमा सहयोग गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।

























