चैते दसैँमा पाथीभरामा झन्डै १६ हजार ५ सय दर्शनार्थी

मदन गौतम
चैत्र २७, २०८१

 ताप्लेजुङ । प्रसिद्ध तिर्थ स्थल पाथीभरामा चैत्र १८ गते देखि २५ गते सम्म १६ हजार ४ सय ७९ जना भक्तजनले दर्शन गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोहित कुमार शर्माले बताउनु भयो । पर्यटन प्रहरी कार्यालय काफ्‌लेपाटी अनुसार चैते दशैंको नौरथामा मात्र भारतबाट ४ सय ५५ जना आएको थिए । काफ्लेपार्टीमा रहेको पर्यटन प्रहरी सहायता कक्ष महिला ८ हजार २ सय ९२ र पुरुष ८ हजार १ सय ८७ जना आएको तथ्याङ्कमा उल्लेख छ । हेल्प डेस्क मार्फत पाथीभरा क्षेत्रमा लेक लाग्न नदिने औषधि उपलब्ध गराउने, हिड्‌न नसक्नेका लागि भरिया व्यवस्थापन गर्ने लगायतका सहजीकरण गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु