यस्तो छ ताप्लेजुङको आठराई त्रिवेणीले शैक्षिक सुधारको लागि गरेको १८ काम

वेलकम खबर
असार २०, २०८२

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन)ले आफ्नो कार्य अवधिमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गर्नुभएको हो ।

गाउँपालिका अध्यक्षले आफ्नो कार्यकालमा गर्नुभएको शिक्षा क्षेत्रका १८ कार्य सार्वजनिक गर्नुभएको छ । जसमा पालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । यस्तै पालिका भित्रका ३३ वटा सामुदायिक विद्यालयमा निःशुल्क फाइबर नेट जडान गरी सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष पोमूले सार्वजनिक गर्नुभएको कार्यमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आनीपान भाषा, शेर्पा भाषा र मगर भाषालाई स्थानीय पाठ्यक्रमको रुपमा सञ्चालनमा ल्याएको छ । २०८० साल माघ महिनाबाटै शिक्षकहरूको तलबभत्ता मासिक रुपमा निकासा गर्न थालिएको दरबन्दी मिलान गरी सम्भव भएसम्म पालिकाका सबै विद्यालयमा विषय शिक्षकको व्यवस्थापन गरिएको छ ।

यस्तै प्रयोग भइसकेको सेनिटरी प्याड डिस्पोजल मेसिन खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ भने, पालिकाका सबै माध्यमिक विद्यालयहरूमा सिसी टिभी जडान गरिनुका साथै पालिका भरिका ३३ वटै विद्यालयमा इ–हाजिरी सञ्चालनमा ल्याइएको छ ।

बालमैत्री विद्यालय निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गरिएको पालिका अध्यक्ष पोमूको भनाइ छ । कक्षा एकदेखि आठसम्म र कक्षा एकदेखि १२ सम्म सञ्चालनमा रहेका विद्यालयहरूमा विद्यालय लेखा व्यवस्थापन प्रणाली सुरु गरी विद्यालयले आफ्नै विद्यालयबाट बैङ्क चेक काट्न पाउने प्रणाली सुरु गरेको छ ।

विद्यालयको लेखा परीक्षणमा सर्शत बाहेक कक्षा एकदेखि पाँचसम्म सञ्चालन भएका विद्यालयलाई नगद पाँच हजार रुपियाँ, कक्षा एकदेखि आठसम्म सञ्चालन भएका विद्यालयलाई १० हजार रुपियाँ, कक्षा एकदेखि १० सञ्चालन भएका विद्यालयलाई १५ हजार रुपियाँ र कक्षा एकदेखि १२ सम्म सञ्चालन भएका विद्यालयलाई २५ हजार रुपियाँ थप अनुदान उपलब्ध गराइदै आएको छ ।

पालिकाले गरिब तथा जेहेन्ददार सात जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको सम्पूर्ण दायित्व लिएको छ । यस्तै पालिकाका सबै विद्यालयलाई पालिकाले प्रशासनिक खर्च उपलब्ध गराउने गरेको छ भने प्रत्येक महिना पालिका भरीका सबै विद्यालयका प्रधानाध्यापक, कार्यपालिका तथा गाउँ शिक्षा समितिका सदस्यहरूसँग शैक्षिक अवस्था बारे छलफल हुने गरेको र उक्त बैठकमा सहभागी भएबापत प्रधानाध्यापकहरूलाई यातायात खर्च समेत उपलब्ध गराउने गरेको छ ।

पालिका आफैँले पालिका स्तरीय नमूना विद्यालय छनौट गरी पदमसिंह माध्यमिक विद्यालयमा कक्षा ११, १२ सुरु गरिएको अध्यक्ष पोमूको भनाई छ । माध्यमिक विद्यालयहरूमा मार्सल आर्ट विधामा खेलहरूका लागि प्रशिक्षकको व्यवस्था गरिएको छ । यस्तै कक्षा ११ र १२ मा शून्य दरबन्दी भएका विद्यालयहरूमा शिक्षक तथा पढाई व्यवस्थापनका लागि पालिकाले अनुदान उपलब्ध गराउने गरेको गाउँपालिकाले जनाएको छ ।

१. कक्षा १२ सम्म पुर्ण रूपमा निःशुल्क गरिएको ।
२. ३३ वटा सामुदायिक विद्यालयमा निःशुल्क फाइवर नेट जडान गरी सञ्चालनमा ल्याइएको ।
३. आनेपान भाषा, शेर्पा भाषा, मगर भाषा पढाई सञ्चालन भएको ।
४. गाउँपालिकाले आवश्यक ऐन गाउँ शिक्षा ऐन तथा कार्यविधि जारी गरी लागु गरिएको ।
५. शिक्षक हरुको मासिक तलव भत्ता निकासा गरिएको साथै दरवन्दी मिलान गरी सम्भव भएसम्म विद्यालयहरुमा विषय शिक्षकको व्यवस्थापन गरिएको । ६. प्रयोग भैसकेको सेनीटरी प्याड डिस्पोजल मेसिन खरिद गरि विद्यालयलाई प्रदान गरिएको ।
७. CCTV माध्यमिक विद्यालयहरुमा जडान गरीएको, ३३ वटै विद्यालयहरुमा इ हाजिरी जडान गरी संचालनमा ल्याइनुका साथै वालमैत्री विद्यालय निर्माणको लागि आ.व. २०८२/८३ मा वजेट व्यवस्थापन गरीएको ।
८. वालमैत्री विद्यालय निर्माण गर्न बजेट व्यवस्थापन गरिएको ।
९. कक्षा १-८ र १-१२ सन्चालन भएका विद्यालयहरुमा School Accounting System लागु गरी विद्यालयले आफै विद्यालयबाट नै चेक काट्ने काम सुरु गरेको ।
१०. विद्यालयहरूको लेखा परीक्षणमा शसर्त बाहेक कक्षा १-५ मा रु. ५ हजार, कक्षा १-८ मा रु. १० हजार, कक्षा १-१० मा १५ हजार र कक्षा १-१२ मा रु. २५ हजार पालिकाबाट थप गरिएको ।
११. विद्यालयलाई प्रशासनिक र मसलन्द खर्च उपलब्ध गरिएको ।
१२. प्रत्येक महिना नियमित प्रधानाध्यापकहरुसँग मासिक बैठक र बैठक वापत रु. १००० भत्ताको व्यवस्था गरिएको छ ।
१३. जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आयोजना गरी पालिकाहरुमा प्रथम भएको तथा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा दोश्रो बन्न सफल र अझ निरन्तरता दिइने ।
१४. गरिब तथा जेहेनदार विद्यार्थी उच्च शिक्षा निःशुल्क ७ जना पालिकाले पढाई रहेको ।
१५. मार्सल आर्ट विधाका खेलहरु माध्यमिक विद्यालयहरुमा प्रशिक्षक राखी निःशुल्क सञ्चालन गरिएको र आगामी आ.व.मा यसलाई निरन्तरता दिने । १६. पालिकाबाट पालिका स्तरीय एक नमुना विद्यालय छनौट गरिएको, परमसिंह माध्यमिक विद्यालयमा कक्षा ११- १२ सन्चालन गरिएको । १७. आम शिक्षा भेला गरिएको ।
१८. सरस्वती नमुना माध्यमिक विद्यालय हाङपाङमा कक्षा ९-१२ प्राविधिक धार पशु विज्ञान सञ्चालन साथै सञ्चालन खर्च उपलब्ध गरिएको साथै कक्षा ११.१२ सुन्य दरबन्दीमा पढाउन अनुदान उपलब्ध गरिएको र बाल विकास नभएको विद्यालयहरुमा बाल बिकास शिक्षक अनुदान रकम उपलब्ध गरिएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*