ताप्लेजुङमा मोबाइल पत्रकारिता तालीम

वेलकम खबर
असार १८, २०८२

 ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घको आयोजनामा  ताप्लेजुङमा तीन दिने आधारभूत पत्रकारिता तथा मोबाइल पत्रकारिता सम्बन्धी तालीम समापन भएको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा  असार १६,१७ र १८ गते भएको  तालीममा ताप्लेजुङका  विभिन्न सञ्चार माध्यममा कार्यरत ३० जना सञ्चारकर्मीहरू सहभागिता रहेको नेपाल पत्रकार महासङ्घका सचिव कृष्ण फुरुम्बु लिम्बुले जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगरको सहयोगमा सञ्चालित तालिमको प्रशिक्षक ताप्लेजुङका आईटी प्रमुख बसन्त पालुङ्वा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ,खगेन्द्र अधिकारी,आनन्द गौतमले गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङवाको प्रमुख आतिथ्यमामा सम्पन्न  भएको समापन कार्यक्रमका प्रमुख अतिथि पालुङवाले मोबाइल पत्रकारिता ताप्लेजुङको लागि नयाँ भएको उल्लेख गर्दै  यो तालीममा सहभागीले भरपुर फाइदा दिएको विश्वास गर्नुभयो ।
त्यस्तै पत्रकार महासंघ ताप्लेजुङका  पूर्वअध्यक्ष खगेन्द्र अधिकारीले पत्रकारिता मेहनत लगनशीलता साथ अघि बढेमा पत्रकारितामा भविष्य उज्ज्वल भएको बताउनुभयो । उहाँले तयार गरेको समाचार बाचन मात्रै महत्वपूर्ण विषय नभई समाचार आफै तयार गर्ने र बाचन र प्रस्तुती अघि तयारीका साथ अघि बढ्ने हो भने समाचारको क्षेत्र काम गर्न सहज हुने बताउनुभयो । समापन समारोह नेपाल पत्रकार महासंघका अध्यक्ष सुवास आर्चायको अध्यक्षतामा सम्पन्न भएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*