ताप्लेजुङको आठराई त्रिवेणीलाई पूर्ण खोप शुनिश्चितता पालिका घोषणा
वेलकम खबर
चैत्र २५, २०८१
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ५ वटा वडा रहेको आठराई त्रिवेणीलाई पूर्ण खोप सुनिश्चित भएसँग आज पालिकालाई पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको पालिका अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो । पूर्ण खोप सुनिश्चित गर्न अहोरात्र खटिनु हुने खोप स्वास्थ्य कार्यकर्ता,उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकालाई पालिकाले सम्मान समेत गरेको छ ।






















