साझा मुद्दामा सँगै अघि बढ्ने ताप्लेजुङका तीन गाउँपालिकाको प्रतिबद्धता (फोटो फिचर तथा भिडियो सहित )

लालीगुराँस पैदल मार्गमा ताप्लेजुङका तीन पालिकालाई नसमेटेकोमा आपत्ति
मदन गौतम
चैत्र २४, २०८१

 ताप्लेजुङ । ताप्लेजुङको तीन गाँउपालिकाले नेपाल सरकार र स्विस सरकारबीच भएको सम्झौता अनुसार लालीगुराँस पैदल मार्गमा ताप्लेजुङलाई नसमेटिएको भन्दै  प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
ताप्लेजुङका  मैवाखोला  मेरिङदेन र मिक्वाखोला गाउँपालिका  अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मेरिङदेन गाउपालिका कार्यालयमा बसेको सयुक्त बैठकले लालीगुराँस पैदल मार्गमा आफ्नो गाउँपालिकालाई नसमेटिएको भन्दै कोशी प्रदेशको ध्यानाकर्षण गराएका हो ।

https://www.youtube.com/watch?v=MlF78NoLoQY

बैठक पछि सयुक्त  विज्ञप्ति जारी गदै उक्त  पदमार्ग कार्यान्वयन गर्दा जलजलेदेखि तीन पोखरी सदु पोखरी तोक्पेगोला  लोदेन क्षेत्र हुँदै ओलाङचुङगोला सम्म समेटिनुपर्ने माग गरेको हो ।  विज्ञप्तिमा ताप्लेजुङ जिल्लाका मेरिङदेन गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको समृद्धि र विकाससँग जोडिएको जैविक विविधता स्थानीय उत्पादन र यहाँको ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्द्धन गर्दै पर्यापर्यटनको विकास गर्न एक आपसमा सहमति र सहकार्यको आधारमा मिलेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

सहमति र सहकार्य गर्ने विषयहरु यस्तो छ

१, नेपाल सरकार र स्विस सरकारको दुई पक्षीय सम्झौता अनुसार कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) चालु आर्थिक वर्ष देखि सञ्चालनमा रहेको विषय अवगत छ ।
उक्त परियोजना अन्तर्गत ४ (चार) वटा पदमार्गहरू मध्ये लालीगुराँस पदमार्ग (तुम्लिङटार खाँदबारीनुम – गुफापोखरी- बसन्तपूर- जलजले -तिनजुरे- मिल्के) सहित २९ वटा स्थानीय तहलाई भौगोलिक क्षेत्रमा जोड्ने गरी निर्माण हुन लागेको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा प्रस्तावित लालीगुराँस पदमार्ग (तुम्लिङटार खादवारी-नुम- गुफापोखरी- बसन्तपूर- जलजले – तीनजुरे मिल्के) चैनपुर नगरपालिका, चिचला गाउँपालिका, धर्मदेवी नगरपालिका, खाँदबारी नगरपालिका, मादी नगरपालिका, मकालु गाउँपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, सिलिचोङ गाउँपालिका, लालीगुराँस नगरपालिका, म्याङलुङ नगरपालिका, फेदाप गाउँपालिका (१२) १६० कि.मी.
ताप्लेजुङका तीन वटा स्थानीय तह मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालाका र मिक्वाखोला गाउँपालिका लाई समेत समेटछ। तर, उक्त परियोजनाले ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने माथि उल्लेखित तीनवटै पालिकालाई नसमेटिएको कारण तीनवटै पालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
परियोजना निर्माणमा लागत साझेदारी, रोयल्टी बाँडफाँड र स्थानीय प्राकृतिक स्रोत साधनहरूको उपयोगमा स्थानीयहरूको अग्राधिकार हुने कानुनी व्यवस्थालाई वर्खीलाप हुने गरी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघि सारेको उक्त परियोजनामा गम्भीर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गर्दै उक्त पदमार्ग परियोजना निर्माण गर्दा हालको लालीगुराँस पदमार्ग (तुम्लिङटार खादवारी-नुम-गुफापोखरी बसन्तपूर – जलजले – तिनजुरे मिल्के) देखि जलजले-तिन पोखरी सोदुपोखरी तोप्केगोला-ओलाङ्चुङ गोलासम्म कायम गर्न जोडदार माग गर्दछौँ ।
२, कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रुपान्तरणकारी कार्यक्रमहरू छनौट गर्दा विभिन्न जैविक विविधता तथा प्राकृतिक स्रोतहरूको प्रचुर सम्भावना भएको र यहाँ सञ्चालन गरिने परियोजनाहरू मार्फत् सिङ्गो प्रदेशकै आर्थिक वृद्धिदरमा समेत टेवा पुग्ने सम्भावना हुँदा हुँदै रुपान्तरणकारी कार्यक्रमहरूमा ताप्लेजुङ जिल्लालाई नसमेटिएको प्रति कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।

 प्राकृतिक विपद व्यावस्थापनको क्षेत्रमा ३ वटै गाउँपालिकाहरु विच सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनहरूमा साझा सरोकारका विषयहरूमा साझा हितका लागि सहकार्य र समन्वय गरेर अघि बढ्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सयुक्त विज्ञप्तिका मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम,मिक्वाखोला गाउँपालिकाको तर्फबाट अध्यक्ष भक्त बहादुर कार्की  मेरिङदेन गाँउपालिका अध्यक्ष युकहाँ विर हाँगाम् (डम्बर) हस्ताक्षर गर्नु भएको छ ।

तस्विर /भिडियो
राजेन्द्र श्रेष्ठ

    

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*