ताप्लेजुङ जिल्ला अस्पताललाई एइडी मेसिन प्रदान

वेलकम खबर
चैत्र २४, २०८१

ताप्लेजुङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पताललाई स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन प्रदान गरिएको छ ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको पहलमा सङ्घीय सरकारको सहयोगमा उक्त मेसिन प्रदान गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री मन्त्री हाङ्गामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रनाम जयरुलाई हस्तान्तरण गर्नुभएको छ ।

हृदयघात जस्ता आपतकालीन स्वास्थ्य समस्या आइलागेमा उक्त एइडी मेसिन तुरुन्तै प्रयोग गर्न पाएमा ज्यान जाने जोखिम टर्न सक्ने बताइएको छ । दुर्गम जिल्लाको अस्पताललाई धेरै महत्त्वपूर्ण मेसिन प्राप्त भएकाले जिल्लावासीलाई थोरै भए पनि राहत मिलेको मन्त्री हाङ्गामले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*