पाथीभरा दर्शन गर्ने तीर्थयात्रीले ताप्लेजुङ भरिभराउ
ताप्लेजुङ । नेपालकै प्रसिद्ध धार्मिक तीर्थ स्थल ताप्लेजुङको पाथीभरा दर्शनार्थीका भिड बढेको छ । नवरात्री दशैँ तथा रामनवमीको अवसर पारेर पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीको भिड बढेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र काफ्ले पाटी माथिल्लो फेदीको होटल भरिभराउ भएको जानकारी दिए । कार्यकारी निर्देशक हाङवाङका अनुसार मौसम अनुकुल भएको कारण पनि अव पाथीभरा दर्शन गर्ने तीर्थयात्रीको सङ्ख्या दिन प्रतिदिन बढ्ने जानकारी दिए ।
माथिल्लो फेदीका होटल व्यवसायी तथा पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा दर्शन गर्ने तीर्थयात्रीले माथिल्लो फेदी आज भोलि र पर्सिको लागि होटल बुक भई सकेको वेलकमखबरलाई जानकारी दिए । यता सदरमुकाम फुङलिङका पाथीभरा होटल सञ्चालक नन्दु बानियाँले आज देखि २५ गते सम्म होटल बुक भई सकेको जानकारी दिए ।
अर्का होटल व्यवसायी होटल प्यारीजका सञ्चालक सविन बानियाँ सोमवार सम्म होटल बुक भई सकेको जानकारी दिएका छन । ताप्लेजुङ सदरमुकाम फुङलिङमा एक सुकेटार २४ वटा काफ्ले पाटीमा करिब १५ वटा र काफ्ले पाटी देखि माथिल्लो फेदी सम्म २२ वटा होटल रहेको छन ।
आज शुक्रवार पाथीभरामा १ हजार २ सय ३३ जनाले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।



















