रिन्पोछेलाई ताप्लेजुङमा स्वागत (तथा भिडियो सहित )

वेलकम खबर
चैत्र २२, २०८१

ताप्लेजुङ। ताप्लेजुङमा भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेलाई स्वागत गरिएको छ । शनिबारबाट सुरु हुने छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमका लागि ताप्लेजुङ आउनु भएका प्रमुख लामा रिन्पोछेलाई स्वागत गरिएको हो ।


इलामबाट ताप्लेजुङ आउनुभएका प्रमुख लामा रिन्पोछेलाई स्वागतको क्रममा ताप्लेजुङ फुङलिङमा टासी सोल्पा नृत्य प्रस्तुत गरिएको थियो । विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा ३ दिने वृहत ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रम हुँदै छ ।


मन्त्रजपमा करिब २० हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने बताइएको छ ।  २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

२३ गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मन्त्रजप तथा पुजा र मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गरिनेछ । त्यस्तै चैत २४ गते बिहान मन्त्रजप र १ बजेदेखि साँझ ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गर्ने तयारी भइरहेको छ । कार्यक्रमको अन्तिम दिन चैत २५ गते परम श्रद्धेय रिन्पोछेबाट प्रवचन, श्वेत ताराको आयु अभिषेक गर्ने सचिव शेर्पाको भनाई छ । समितिका अनुसार कार्यक्रम अवधि भरि नै बुद्ध भगवानको अस्तु धातु रिङसेल दर्शन गराइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*