६ जिल्लाका सीडीओ फेरिए, को कहाँ?

वेलकम खबर
चैत्र २२, २०८१

काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गरेको छ।

कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका सीडीओको फेरिएका हुन्। कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई सीडीओका रुपमा खटाइएको छ।

कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई गृहमा तानिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*