पाँचथरमा डढेलोमा परी एक युवतीको मृत्यु, चार घाइते

वेलकम खबर
चैत्र २२, २०८१

पाँचथर । पाँचथरमा जंगलमा लागेको डढेलोमा परी एक युवतीको मत्यु भएको छ । पाँचथरको कुम्मायक गाँउपालिका–३ ताम्राखु भन्ने ठाँउको जंगलमा लागेको डढेलोमा जलेकी २२ वर्षीया प्रतिमा सम्बाहाफेको मृत्यु भएको छ । जलेर घाइते भएकी उनलाई उपचारका लागि धरान पठाइएकोमा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको बताइएको छ ।
पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशाल बुढाथोकीका अनुसार घाँस काट्न जंगलमा गएका बेला डढेलोमा परी उनी घाइते भएकी थिइन् । घाँस काट्न गएका उनीसँगै चार जना डढेलोमा फसेका थिए । डढेलोमा परी घाइते भएकी वर्ष २८ कि सविना सम्बाहाफे, ११ वर्षीया शिवाना सम्बाहाफे र ६० कि निरमाया सम्बाहाफेलाई उपचारका लागि बीपी मेमोरीय अस्पताल धरान पु¥याइएको छ । सोही ठाँउको डढेलो निभाउन गएका ३१ वर्षीय खगेन्द्र विक लडेर घाइते भएका छन् । यस्तै फिदिम नगरपालिका–१३ र १४ को सिमानाको वनमा लागेको डढेलोमा परि ४७ वर्षीया उषा नेम्बाङ गम्भीर घाइते भएकी छन् ।

दाउँरा लिएर घर फर्किँदै गर्दा उनलाई डढेलोले भेटेको थियो । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ । बिहीबार पाँचथरका विभिन्न ठाँउमा आगलागी र डढेलोका घटना भएका छन् । केहीदिन यता जिल्लाका विभिन्न ठाँउमा डढेलो लागेको डीएसपी बुढाथोकीले जानकारी दिए । जंगलमा आगो लगाउने तीन जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*