अलैँचीमा समस्यै समस्या देखियो किसान, मिलेर समाधान गरौँ व्यवसायी महासङ्घ 

वेलकम खबर
चैत्र २०, २०८१


ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको अलैँचीको गुणस्तर सुधार र बजारीकरण सम्बन्धी सरोकारवालाहरूको एक दिने अन्तरक्रिया कार्यक्रममा अलैँची कृषकहरूले अलैँची सम्बन्धी विभिन्न समस्याहरू दर्शाएका  
छन
नेपाल अलैँची व्यवसायी महासङ्घको आयोजनामा आयोजित कार्यक्रममा कृषक व्यवसायी राम दाहाल खडेरीका कारण अलैँची सबै सोत्तर भएको उल्लेख गरेका छन त्यस्तै अर्का कृषक पुण्य न्यौपानेले अलैँची डढेलो लागे जस्तै गरेर मरेको उल्लेख गदै अलैँची फलेको जस्तो देखिने बोटमा फल नहुने धारणा राखे उनले विज्ञहरूले अलैँचीको फेदमा बालुवा हाल्न अनुरोध गरेपनि त्यो किसानहरूको तर्फबाट सफल नहुने बताए ।
त्यस्तै अर्का अलैँची किसान हर्क गुरुङले अलैँची मर्न थालेका कारण अलैँची मासेर अलैँचीसँगै आधा जमिनमा अलैँची आधा जमिनमा अन्नबाली लगाउने थालेको बताए । अलैँची व्यवसायीहरूले विभिन्न किसिमका समस्या दर्शाएका छन ।
अलैँची विकास केन्द्रका दिलबहादुर श्रेष्ठले अलैँचीमा देखिएको समस्याको समाधानको उपाय सुल्झाउँदै सबै मिलेर अलैँची रोग नियन्त्रण गर्न लाग्नु पर्ने धारणा व्यक्त गरेका थिए  ।
प्रमुख अतिथिको तर्फबाट बोल्दै आठराई त्रिवेणी गाउपालिका अध्यक्ष दिपेन पोमुले अलैँचीलाई
 बान्डिङ  गर्नुपर्ने साथै किसानहरूले अलैँचीको उचित मूल्य पाउनु पर्नेमा जोड दिएका थिए । अध्यक्ष पोमुले ताप्लेजुङ जिल्लाकै कोशी प्रदेश सरकारमा उद्योग कृषि तथा सहकारी मन्त्री भएका कारण अलैँचीको लागि बजेट विनियोजन गर्नुपर्ने धारणा समेत राखेका थिए ।
नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले पछिल्लो चरणमा अलैँचीले राम्रो मूल्य पाएको उल्लेख गदै नेपालकै धेरै अलैँची फल्ने जिल्ला ताप्लेजुङ भएकोले पछिल्लो चरणमा किसानले गुणस्तरीय अलैँची उत्पादन गर्न शुरु गरेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घका सल्लाहकार तारानाथ घिमिरे,चम्बर अफ कर्मसका ओमकृष्ण विमली, उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम, लगायतले अलैँचीका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन अलैची व्यवसायी महासङ्घका महासचिव नारायण चिमरियाले गरेका थिए ।  कार्यक्रममा अलैची व्यवसायी तथा अलैँची कृषकहरूको सहभागिता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*