काठमाडौंमा वायु प्रदूषण बढ्यो, विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा

वेलकम खबर
चैत्र २०, २०८१

काठमाडौं ।काठमाडौंमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। सोमबार र मंगलबार काठमाडौं संसारकै सबैभन्दा प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा थियो। अहिले पनि वायु प्रदूषणको स्तर अस्वस्थकर छ।

आईक्यूएयरका अनुसार, आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २६८ माइक्रोग्राम प्रतिघणमिटर मापन गरिएको छ, जुन मंगलबारको तुलनामा वृद्धि भएको हो। यस्तै दिल्ली, भारतमा प्रदूषण अझै उच्च स्तरमा छ, जहाँ एक्युआई ३३६ मापन गरिएको छ।

वायु प्रदूषणको प्रमुख कारण उद्योग, सवारी साधनका धुवाँ, खुला डढेलो, फोहोर जलाउने क्रियाकलाप र सडक तथा निर्माण कार्यबाट उड्ने धुलो रहेका छन्। यसले श्वासप्रश्वास र मुटुका रोगीहरूको स्वास्थ्यमा जोखिम बढाइरहेको छ।

वातावरण विभागले जनतालाई सचेत रहन र विशेष ध्यान दिन अपिल गरेको छ, विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वास तथा मुटुका समस्या भएका व्यक्तिहरूलाई सतर्क रहन भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*