ताप्लेजुङको जंगलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु

वेलकम खबर
चैत्र १९, २०८१

ताप्लेजुङ । ताप्लेजुङको दुई छुट्टा छुट्टै ठाँउमा भएको आगलागी नियन्त्रण गर्न खोज्दा दुई जनाको ज्यान गएको छ ।आइतवार साँझ एकयुवाको र गत चैत ६ गते एक बृद्धको ज्यान गएको हो । आइतवार साँझ मेरिङदेन गाउँपालिका वडा नं १ थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङवरक गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल इलाम बस्दै आउनु भएका २७ बर्षिय भूपेन्द्र ल्वागुनको मृत्यु भएको छ ।

मृतक ल्वागुनका आफन्त तथा पत्रकार महासंघ ताप्लेजुङका उपाध्यक्ष सन्तोष पुर्कुटीका अनुसार बुढो मावली घर थिङ्लाबु पुग्नु भएका उहाँको लुङ्जा भीरको जंगलमा लागेको डढेलो निभाउने क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी० रवि रावलले शवको पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको छ ।
डिएसपी रावलका अनुसार गत चैत ६ गते आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका ७५ बर्षिय सुरेन्द्र तामाङको समेत यस्तै प्रकृतिको घटनामा परी मृत्यु भएको थियो । तामाङको आफ्नै बारीमा झ्यास डढाउने क्रममा आगो ठूलो बल्न गई आगोले खुट्टामा पोली भाग्ने क्रममा बारीको डिलबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।-eujyalopost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*