राष्ट्रपतिले गरे संसद अधिवेशन अन्त्य

वेलकम खबर
चैत्र १९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*