संसद्ले बनायो ५ वटा ऐन, राष्ट्रपतिबाट प्रमाणीकरण

वेलकम खबर
चैत्र १८, २०८१

काठमाडौं । संघीय संसद्ले एकै दिनमा विभिन्न ५ वटा ऐन बनाएको छ ।  राष्ट्रिय सभामा एकैसदन पाँच वटा विधेयकमाथि दफावार छलफल भयो । दफावार छलफलपछि पाँच वटै विधेयक क्रमश पारित भए ।सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*