पेशागत पत्रकारको सुरक्षाको माग गर्दै पत्रकार महासंघ ताप्लेजुङले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र

वेलकम खबर
चैत्र १८, २०८१

ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ पत्रकारहरुको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङले आन जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयममा बुझाईएको ज्ञापनपत्रमा पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न, पत्रकार माथिको हिंसात्मक आक्रमणका संलग्नलाई कानुनी दाहेरामा ल्याउन तथा सञ्चारमाध्यम माथिको आक्रमण बन्द गर्न माग गरिएको छ । माग पूरा नभए पत्रकार महासंघ चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने समेत प्रजिअलाई चेतावनी दिईएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त विज्ञप्ति तत्कालै तालुक निकाय गृहमन्त्रालयमा तत्काल प्रेषण गर्ने बताउनुभएको छ । । राजावादी सर्मथकको आन्दोलनका क्रममा चैत १५ गते काठमाडौंमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै विभत्स र सुनियोजित ढंगले मृत्यु भएको थियो । उक्त आन्दोलनको क्रममा कयौं ठाउँमा भएका हिंसात्मक घटना र सञ्चारकर्मी तथा सञ्चार संस्थाहरुमाथि भएको आक्रमणको महासंघले बिरोध गर्दै आइरहेको छ ।
ध्यानाकर्षण पत्र बुझाउन महासंघका केन्द्रीय सदस्य माला पालुङवा, संस्थापक सभापति मनमणि काफ्ले, पूर्व अध्यक्षहरु खगेन्द्र अधिकारी र राजेन्द्र श्रेष्ठ सहित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यको उपस्थितिमा रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*