खेलकुद महासंघ ताप्लेजुङमा पुन : थर्कमान
ताप्लेजुङ । नेकपा एमाले भ्रातृसङ्गठन नेपाल खेलकुद महासङ्घको ताप्लेजुङको दोश्रो जिल्ला अधिवेशनले दिवस चोङवाङ ( थर्कमान )लाई अध्यक्ष पुन निर्वाचित गरेको छ ।
खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटी ईन्चार्ज विप्लव घोसको प्रमुख आतिथ्यमामा सम्पन्न भएको अधिवेशनले चोङवाङलाई पुर्न अध्यक्षमा निर्वाचित गरेको हो । सो समितिको उपाध्यक्षमा दुर्गा पालुङ्वा र प्रताप सावा सचिवमा तेजवीर मेन्याङ्वो उप सचिवमा डिल्ली गुरुङ र टीका थोप्रा र कोषाध्यक्षमा रमित सुनुवारलाई निर्वाचित गरेको हो ।
त्यस्तै सदस्यहरुमा राजकुमार सुनुवार,अमृत थेबे,सन्तोष लिङखिम,अर्जुन गुरुङ,युजिन लिङदेन,सुवास राई अर्जुन थलङ,विशाल आङ्वुहाङ,दिपेश शेर्पा, सविन राई,आराध्या लिम्बु, सुमन गुरुङ र मञ्जु थलङ निर्वाचित भएको हो ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य मातृका भट्टराई र नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य मंणिशंकर पोमु लगायत शुभकामना मन्तब्य राखेका थिए पोमुले खेलको माध्यमबाट नेकपा एमालेलाई शसक्त बलियो बनाउदै, समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन सबै एकजुट भएर लाग्नु पर्ने खेल क्षेत्रमा लागेका खेलाडीहरूले खेलकै क्षेत्रमा आत्मनिर्भर बनाउन पर्नेमा जोड दिएका थिए ।



















