छैटौँ ताप्लेजुङ वज्रगुरु मन्त्र जप कार्यक्रम आँउदो २३ गते देखि  रिम्पोछे आउने (भिडियो सहित)

वेलकम खबर
चैत्र १७, २०८१

 ताप्लेजुङ । आँउदो चैत्र २३ गते देखि ताप्लेजुङ फुङलिङ ९  सुकेटारमा हुने  छैटौँ ताप्लेजुङ वज्रगुरु मन्त्र जप कार्यक्रममा  मन्त्र जपको लागि (आचार्य पद्मसम्भव)   कुन्दोलिङ ताक्छक रिन्पोछे आउने भएका छन । 

तीन दिन सम्म चल्ने मन्त्रजपमा ताक्छक रिन्पोछे सहित २ सय जना लामा उपस्थित हुने छैटौँ ताप्लेजुङ वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजक समितिले पत्रकार सम्मेलन गरेर आज जानकारी गराएको छ ।  करिब १५ देखि २० हजार जनासम्मको श्रद्धालु भक्तजनहरूको सहभागिता हुने अनुमान आयोजकले गरेको छ ।  वज्रगुरु मन्त्र जप कार्यक्रमको लागि ७ जना सल्लाहकार समिति, १०१ जना वज्रगुरु जप कार्यक्रम आयोजक मूलसमिति, ११ जना कार्यसमिति रहेका छन् ।  साथै व्यवस्थापन उपसमिति, प्रचार प्रसार व्यवस्थापन  समिति पूजा व्यवस्थापन समिति  स्वयं सेवक व्यवस्थापन समिति, यातायात व्यवस्थापन समिति, अतिथि सत्कार तथा स्वागत व्यवस्थापन समिति आवास व्यवस्थापन समिति पूजा स्थल व्यवस्थापन समिति भोजन व्यवस्थापन समिति र आर्थिक व्यवस्थापन समिति निर्माण गरिएको पत्रकार सम्मेलन वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ  ।सो कार्यक्रमको लागि करिब ६८ लाख खर्च हुने अनुमान गरिएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*