प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

वेलकम खबर
चैत्र १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा छलफल गर्न बैठक बोलाइएको हो।

गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*