माओवादी मेरिङदेनमा पूर्न लिम्बु
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र ) ताप्लेजुङले मेरिङ्देन गाउँपालिकामा पालिका कमिटी निर्वाचित गरेको छ । सुजन लिम्बू अध्यक्षमा नयाँ ४५ सदस्यीय कमिटी निर्वाचित भएको हो ।
लिम्बु पूर्न अध्यक्ष पदमा दोहरिएका हुन । त्यस्तै सो समितिको उपाध्यक्षमा साम्याङ शेर्पा, विवेक लिम्बू र अमृता मगर, सचिव पासाङ शेर्पा, सहसचिव अनिषा विक र कोषाध्यक्षमा प्रकाश नाल्बो चयन हुनुभएको छ । यस्तै मनकुमारी थोप्रा अध्यक्ष रहेको २३ सदस्यीय अनेमसंघ ९क्रान्तिकारी० र रोदन लोहार अध्यक्ष रहेको १५ सदस्यीय दलित राष्ट्रिय मुक्ति मोर्चाको पालिका कमिटी पनि चयन गरिएको माओवादी केन्द्रले जनाएको छ माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यद्वय मिङ्माडण्डु शेर्पा, पर्शु कार्की, जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायतको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको बताइएको छ ।



















