सञ्चारकर्मी रजकको मृत्युप्रति पत्रकार महासङ्घ ताप्लेजुङद्वारा श्रद्धान्जली सभा
ताप्लेजुङ । काठमाडौंमा पूर्वराजा समर्थकको प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले शनिबार फुङलिङमा विरोधको कार्यक्रम साथै श्रद्धाञ्जली सभा सम्पन्न गरेकोछ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले शाखाको सभाहलमा मृतक रजककाृे श्रद्धान्जली सभा गरेको हो । शाखा अध्यक्ष सुवास आचार्यले निश्पक्ष छानबिन गरि दोषीलाई कानुनी कारबाही गर्नुपर्ने साथै संचारगृहमा भएको आक्रमण बन्द गर्न तथा संचारकमीको सुरक्षाको माग गर्नुभएकोछ । राजाबादीहरुले पत्रकार र संचारगृहमाथि ताकेर गरिएको प्रहार र प्रेश स्वतन्त्रतामाथि प्रहार भएको आचार्यको ठहरछ । उक्त विरोध सभा कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पुर्व अध्यक्षहरु जिल्लामा रहेका संचारगृहका संचारकर्मीको उपस्थिती रहेको थियो ।



















