राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

वेलकम खबर
चैत्र १५, २०८१

काठमाडौ । राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ।

एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो। एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ।  नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए।

‘जलेको अवस्थामा एक जनाको शव फेला परेको छ, सनाखत हुन सकेको छैन,’ उनले भने।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*