उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका डीएसपी रावल सहित २० जना प्रहरी सम्मानित

ताप्लेजुङ – जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावललाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान सहित पुरस्कृत गरिएको छ । ताप्लेजुङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले डीएसपी रावललाई सम्मान सहित पुरस्कृत गर्नुभएको हो ।
प्रहरी नायब महानिरीक्षक अधिकारीले रावल सँगै दुर्गम जिल्ला ताप्लेजुङ तथा बिभिन्न इकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कृत गर्नु भएको भएको छ । साथै उहाँले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण तथा भ्रमण गर्नु भएको छ ।