मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजङको फुङलिङमा गत चैत्र ९ गते देखि सुरु भएको प्रतियोगता मंगलवार सम्पन्न भएको छ । प्रतियोगिताको मेन्स सिङगल तर्फ प्रथम मिलिन गुरुङ दितीय वसन्त गुरुङ भए । मिलिनले १२ हजार रुपैया पुरस्कार प्राप्त गर्दा बसन्त गुरुङले ८ हजार ५ सयमा चित बुझाए । प्रतियोगिता अन्तर्गतको मेन्स डबल्स सिनियर तर्फको उपाधि विकास तामाङ र लाक्पा शेर्पाको जोडीले जितेका छन् । उक्त जोडीले रबिन सावादेन र सन्जुहाङ सावादेनको जोडीलाई पराजित गरेको हो। विजेता बनेको तामाङ र शेर्पाको जोडीले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद रु। २० हजार प्राप्त गरेका छन्। द्वितीय दय साउदेनको जोडीले नगद रु १५ हजार पाएका छन्। भेटराज ४५ वर्ष माथिका विधामा भने गजेन्द्र थलङ र सन्तोषचोङबाङको जोडीले बाजी मारे । द्वितीय भने इन्द्रकुमार गुरुङ र किशोर राईको जोडी भयो । प्रथम भएको जोडीले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद रु १६ हजार र द्वितीय हुनेले १२ हजार प्राप्त गरेको छ।
कर्मचारी तथा जनप्रतिनिधि विधा अन्तर्गतको उपाधि भिडन्तमा सोजित श्रेष्ठ र लक्ष्मण घतानीको जोडीले नरेश महर्जन र योगमणि सवेन्हाङको जोडीलाई स्तब्ध बनायो। सोविधामा प्रथम र द्वितीय हुनेले क्रमश नगद रू १६ हजार र १२ हजार प्राप्त गरेका छन्। महिला सिङ्गल विधातर्फ भावनादेवी केदेम प्रथम भइन् भने द्वितीय सरूणा गुरुङ भइन् । प्रथम हुने केमले नगद रु १२ हजार पाउँदा द्वितीय हुने गुरुङले रु। ८ हजार ५०० मा चित्त बुझाएकी छन्। मेन्स डबल जुनियरतर्फ विकास थेवे र आशिष बिष्टको जोडी प्रथम भयो उक्त जोडीले डेविड गुरुङ र रविन सुनुवारको जोडीलाई पाखा लगाएको हो।
सुविधाको प्रथम हुनेले २० हजार र द्वितीय हुनेले नगद रु १२ हजार प्राप्त गरेको छ। महिलातर्फको विधामा रोशनी लिम्बु प्रथम भएकी छन् भने निरिशा लिम्बु उक्त विधामा द्वितीय भइन् उनीहरूले ब्याडमिन्टन रेकेट पुरस्कार प्राप्त गरेका छन् । सोही विधाको बोइजतर्फ रुद्रबहादुर गुरुङले बाजी मारे उनीहरूले पनि ब्याडमिन्टन रेकेट उपहार पाएका छन्।उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख अमिर मादेनको उपस्थिती रहेको थियो ।