ताप्लेजुङको थुकिमा मा एक घरमा आगलागी हुँदा छ लाखको क्षति

वेलकम खबर
चैत्र १०, २०८१

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं। ५ सिङथापामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बङ्गुरको चारो पकाउन क्रममा आगलागी हुँदा सन्तोष तामाङको घर जलेर नष्ट भएको हो ।

घरमा कोही नभएको अवस्थामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगलागीबाट तामाङको दुईतले घर सँगै घर भित्र रहेको अन्नपात, भाँडा बर्तन, काठपात, सुनको रिङ आदी तोला, मोबाइल एक थान र नगद हजार जलेर नष्ट भएको छ ।

यस्तै नागरिकता एक थान जन्मदर्ता दुई थान पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । मानवीय तथा चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ ।

आगो पूर्णरुपमा नियन्त्रणमा आएको र सन्तोष तामाङको परिवार आफ्न्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*