सिरिजङ्घा गाँउपालिका ३ हजार ३ सय ७ मिटर उचाईमा पर्यटन महोत्सव मनाउदै
ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाँउपालिकाले आगामी २०८२ बैशाख ५ गते देखि १५ गते सम्म सिरिजङ्घा पर्यटन महोत्सव आयोजन गर्ने भएकोछ । महोत्सवको सबै कार्यक्रम सिरिजघा ७ याम्फुदिनको नयाँ झोरेनीमा हुने भएकोछ । कार्यक्रम स्थल समुद्र सतहबाट ३ हजार ३ सय ७ मिटर उचाईमा पर्दछ ।
गाँउपालिकाले बुधबार महोत्सवका बारेमा फुङलिङमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारे सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष लालकृष्ण चौहान ,उपाध्यक्ष डा चित्र माबो, प्रमुख प्रसाशकीय अधिकृत डम्बर बहादुर आङदेम्बे ,इन्जिनियर नविन यादब राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीको उपस्थिीती रहेको थियो ।
कञ्चनजघा हिमालको प्रचार प्रसारका साथ स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउने उदेश्यले कार्यक्रम आयोजना गरेको गाँउपालिकाले बताएको हो । महोत्सवमा कञ्चनजघा साहसीक हाफ् म्याराथन प्रतियोगिता,जलबायु परिर्वतनको असर बारेमा अध्ययन तथा पदयात्रा, याक र चौरी प्रदर्शन ,माउन्टेन साईकलिङ र प्याराग्लाईडिङको सम्भावना अध्ययन गरिने साथमा राष्टिय कलाकारका विच सास्कृतिक कार्यक्रम हुने बताइएकोछ ।
कञ्चनजघा साहसीक हाफ् म्याराथन सिरिजघा ७ याम्फुदिनको नयाँ झोरेनी देखि दुन्दु डाँडासम्म २१ किलोमिटरको दुरीमा स्थानीय तथा अन्य जोकोही इच्छुक स्वदेशी तथा विदेशीले पनि भाग लिन पाउने आयोजकले जानकारी दिएकाछन् । हाफ् म्याराथनको अन्तिम विन्दु दुन्दु डाँडा समुद्र सतहबाट ४ हजार २ सय ३० मिटर उचाईमा पर्दछ ।
हाफ् म्याराथनमा प्रथम हुने २ लाख ८ हजार ५ सय ८६ रुपैया , दितीयले १ लाख ८ हजार ५ सय ८६ रुपैया तेस्रो हुनेले ५८ हजार ५ सय ८६ रुपैया पाउने छन् । महोत्सवमा याक तथा चौरी प्रदर्शन गर्ने पालक उत्कृष्टलाई २८ हजार ५ सय ८६ रुपैया र अन्यलाई सान्तवना स्वरुप ८ हजार ५सय ८६ रुपैया प्रदान गरिने आयोजकले जनाएकोछ । गाँउपालिकाले ५२ लाख रुपैया खर्चको अनुमान गरेको र आव.२०८१।०८२ मा महोत्सवका लागि ३७ लाख रुपैया विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष डा चित्र माबोले बताउनु भयो ।




















