नो केवलकार पक्षधरले बनायो वार्ता टोली 

वेलकम खबर
चैत्र ३, २०८१

ताप्लेजुङ । नो केबलकार पक्षधरले वार्ताको लागि समिति निर्माण गरेको छ । मुक्कुमलुङ ताङसे :प चुम्भोमुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितीले  सरकारी वार्ता टोलीसँग वार्ता गर्नका लागि समिति निर्माण गरेको हो ।
अन्तरदलीय सङ्घर्ष समित पाथीभरा मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणमा आएको समस्या र विवादलाई वार्ता र सम्बादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङसे :प चुम्भोमुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिलाई वार्ता र सम्वादको लागि आमन्त्रण गरिएकोमा स्वागत गदै वार्ता समिति गठन गरेको हो ।
विज्ञप्तीमा मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माण खारेजको सवाल ताप्लेजुङ जिल्लाको मात्र सरोकारको विषय नभई मुक्कुमलुङलाई सांस्कृतिक तथा आध्यात्मिक आस्थाको स्थलको रुपमा मान्ने नेपाल सहित विश्वभरका मानिसहरूको सरोकारको विषय भएकोले वार्ता सहजीकरण लागि सरस्वता सिंघको संयोजकत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको जनाएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*