नो केबलकार पक्षधरलाई वार्तामा आउन पुनः सरकारी निम्तो

वेलकम खबर
चैत्र १, २०८१

काठमाडौ । पाथीभरामा केबलकारको विरोध गरी रहेका दुई संगठनलाई वार्तामा आउन सरकारी टोलीले आग्रह गरिएको छ । सरकारी वार्ता टोलीको संयोजक प्रेमप्रसाद भट्टराईले एक विज्ञप्ती प्रकाशित गदै मुक्कुम्लुङ तासेः प चुम्भो र मुक्कुम्लुङ अन्तरदलिय संघर्ष समितीलाई वार्ताको लागि निमन्त्रणा गरेको हो ।

पाथिभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्वन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच मिति २०८१ माघ २२ गते देखी निरन्तर रुपमा वार्ता एवं संवाद भई रहेको व्यहोरा सबैमा विदितै छ ।
यसै सन्दर्भमा आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सास्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरुका सम्वन्धमा स्थानीय सरोकारवाला संग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरुलाई आमन्त्रण गर्दछु विज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*