ताप्लेजुङको सिरिजङ्घा ५ मा काबेली खोलाले बगाउँदा पुरुषको मृत्यु

मदन गौतम
फाल्गुन २४, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ५ पेदाङमा एक पुरुषलाई काबेली खोलाले बगाउँदा पुरुषको मृत्यु भएकोछ ।
मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहले घर भई हाल सिरिजङ्घा चार सिबुदिन बस्दै आएका वर्ष ४७ का धनप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो ।

सूचना अधिकारी बस्नेतका अनुसार शनिबार बिहान अन्दाजी १० बजेको समयमा काबेली खोलामा मानिस मृत फेला परेको भनी स्थानीयले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय तेल्लोकमा जानकारी गराए पशचात घटनास्थलमा पुगेको प्रहरीले मृतकको सनाखत गरेको हो ।

शुक्रबार बिहान अपर काबेली हाइड्रोपावरमा ज्यामी काम गर्न गएका भण्डारी पेदाङस्थित मुख्तुराको भिरबाट लडी खोलामा पसेका प्रहरीले जनाएकोछ । मृतकको सव अन्दाजी १०० मिटर दक्षिण ढुङ्गाको चेपमा फेला परेको प्रहरीले जनाएकोछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*