माओवादीको एक महिने अभियान स्थगित

वेलकम खबर
फाल्गुन २४, २०८१

काठमाडौँ, ।  माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो । माओवादीका एक पदाधिकारीका अनुसार संसद्‌को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो,’ ती पदाधिकारीले भने, ‘संसद्‌का काम प्रभावकारी बनाउन हाल राजनीतिक अभियान स्थगित गरिएको हो ।’ अभियानका लागि अर्को तालिका बनाइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*