राजा भोटको राजनीति भन्दा धेरै माथि हुनुहुन्छ : राजेन्द्र लिङदेन

वेलकम खबर
फाल्गुन २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताएकाछन् ।

आज वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका हुन् ।

उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल,नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरुले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौति दिँदै आएका छन् ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताए । अध्यक्ष लिङदेनले अहिलेका राजनीतिक दलहरु देशभित्रै युवाहरुले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*