प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने गरी कानुन बन्दैन: सभामुख घिमिरे

वेलकम खबर
फाल्गुन २३, २०८१

काठमाडौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने बताएका छन्।

इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) को साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत जान नहुनेमा आफू स्पष्ट रहेको बताए। संसदमा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु। प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैन, हुने छैन’, उनले भने। कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्‍याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुनेमा उनले बताए।

तथ्यमा आधारित समाचारका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति विकसित हुन नसकेको, विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलनमा प्रभाव पर्ने गरेको पनि उनले बताए।   राससबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*