अनेरास्ववियु पाथीभरा क्याम्पस इकाइ कमिटीको अध्यक्षमा लक्ष्मण पौडेल सर्वसम्मत

मदन गौतम
फाल्गुन १९, २०८१

ताप्लेजुङ । लक्ष्मण पौडेलको अध्यक्ष्तामा अनेरास्ववियु पाथीभरा क्याम्पस ताप्लेजुङ इकाइ कमिटी सर्वसम्मत चयन भएकोेछ । आईतबार एक कार्यक्रमका बिच पौडेलको अध्यक्षतामा ४५ सदस्यीय नयाँ इकाइ कमिटी गठन गरिएको अनेरास्ववियु ताप्लेजुङका अध्यक्ष विवेक बानियाले बताउनु भयो । त्यस्तै गरि कमिटीको उपाध्यक्षमा निशम इजम, प्रकाश विष्ट, करण कालिकोटे, सचिव विनु तामाङ, सह–सचिव प्रज्वल तिवारी, मनिशा वि.क., मालती शेर्पा, प्रमिमा गौतम, मनिशा भट्टराई र कोषाध्यक्ष यमुना खड्का सर्वसम्मत चयन हुनुभएको हो । निर्वाचित पदाधिकारीलाई बिद्यार्थी बिभाग ताप्लेजुङका इन्चार्ज लेखनाथ भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । स्ववियु निर्वाचन नजिकिए संगै बिद्यार्थी संगठनहरुले संगठन बिस्तार लगायतका कार्यक्रम तथा आफ्नो संगठनलाई बलियो बनाउन केन्द्रित भएकाछन् । आगामी चैत ५ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव अन्तर्गत आज सोमबार देशभरका क्याम्पसहरुमा संघ–संगठन दर्ता हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*