पाथीभरा केबलकारको सहज वातावरण बनाएर निर्माण गर्नुपर्ने निष्कर्षमा एमाले

वेलकम खबर
फाल्गुन १८, २०८१

काठमाडौं । नेकपा (एमाले)ले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध पाथिभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् ।

मुक्कुमुलुङमा आईएमई ग्रुपले निर्माण गरिरहेको केबलकार खारेजीको माग गर्दै धार्मिक अभियन्ताहरूले काठमाडौँमा पदयात्रा गरिरहँदा एमालेले भने सहज वातावरण बनाएर अघि बढाउनुपर्ने मत राखेको हो ।

‘पाथिभरामा केबलबारका सन्दर्भमा देखिएको विवादबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गरेर निर्माण अघि बढाउनुपर्छ’, एमाले महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणका लागि सहज वातारण बनाउन पार्टीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’ उनले अहिले देखिएको विवादलाई अन्त्य गरेर सहज केबलकार निर्माणका लागि सहज वातावरण बनाउनुपर्ने निर्णय पनि पार्टीले लिएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*