माओवादी केन्द्र सिदिङ्गवा कमिटीको अध्यक्षमा अमरबहादुर लिम्बु चयन
ताप्लेजुङ । नेकपा माओवादी केन्द्र गाउँपालिकाको तेस्रो पालिका अधिवेशनले डम्बरबहादुर लिम्बुको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन गरेको छ । शुक्रुबार सम्पन्न अधिबेसनबाट कमिटीको उपाध्यक्षमा गौरीमा लिम्बू यामबहादुर बानिया र अमृता लिम्बु सचिवमा किरण लिङ्गदेन सहसचिवमा सनम थापा र कोषाध्यक्ष तेन्जित कार्की चयन हुनुभएको नवनिर्वाचित सचिव किरण लिङदेन बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो मौसमको प्रमुख आतित्यतामा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रमा जिल्ला तथा प्रदेश र केन्दीय स्तरका नेताहरुको उपस्थिती रहेको थियो ।



















