एकै पटक ७८ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
वेलकम खबर
फाल्गुन १५, २०८१
काठमाडौं । सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो । सरुवा सूची भने बिहीबार मात्र सार्वजनिक भएको हो ।
सरुवा सूची अनुसार भर्खरै मात्रै उपसचिवबाट सहसचिवमा बढुवा भएका तथा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवलाई जिम्मेवारी दिएको छ । सूची अनुसार विभिन्न दुई विभागका महानिर्देशक पनि हेरफे भएका छन् ।



















