महाशिवरात्रीमा चन्द्रागिरीको केवलकारमा ५० प्रतिशत छुट

वेलकम खबर
फाल्गुन १३, २०८१

काठमाडौं । बुधवार पर्न गएको महाशिवरात्री २०८१ को अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा हुन लागेको महाशिवरात्री विशेष भक्तिमय उत्सवको भव्यताका साथ तयारी सुरु भएको छ ।

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने जनाईएको छ ।
चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*