वार्ताका लागि नो केवलकार समूहको चार बुँदे माग (विज्ञप्ति सहित )
ताप्लेजुङ । पाथिभरा (मुक्कुम्लुङ ) क्षेत्रमा निर्माणधीन केवलकारका विषयमा आफुहरुको ४ बुँधे माग सरकारले सम्बोधन गरेमा बार्तामा बस्न सकिने नो केवलकार पक्षले अडान लिएको छ ।उक्त पक्षले मंगलबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि शर्त अघि सारेको हो ।
फागुन १२ गते सरकारी वार्ता समितिले पुन वार्तामा आउन आह्वान गरेपश्चात दिगो स्थायी शान्ति सार्थक र परिमाणमुखी वार्ताका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन हुनुपर्ने र आधिकारिक पत्राचार गरिनुपर्ने , आन्दोलनका क्रममा ताप्लेजुङ , सुनसरी लगायतका स्थानमा पक्राउ गरिएकाहरुलाई निशर्त रिहाई गरिनुपर्ने र कफ्र्यु हटाइनुपर्ने माग राखेका छन ।
त्यसैगरी केवलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सबै निर्माण सामाग्री ,ठेकदार, कामदार, मजदुर फिर्ता हुनुपर्ने साथै पाथिभरा क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता गरिनुपर्नेलगायतका माग विज्ञप्तिमा उल्लेख गरिएको छ । केवलकारको विपक्षमा रहेका विभिन्न संघसस्था लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीले हस्ताक्षर गरी प्रेस विज्ञप्ति जारी गरेका छन ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गत फागुन ११ गतेदेखि सदरमुकाम फुङलिङ बजार क्षेत्र साथै काफ्लेपाटी ,बलुडाँडा र केवलकार निर्माण स्थललाई निषेधीत क्षेत्र घोषण गरेकोछ ।





















