खर्चका अभावमा उपचार गराई रहेकालाई ताप्लेजुङ काठमाडौँ नेवा: समाजले गर्यो आर्थिक सहयोग (भिडियो सहित )
ताप्लेजुङ । ताप्लेजुङबाट काठमाडौँ आएर उपचार गदै गरेको एक बिरामीलाई ताप्लेजुङ काठमाडौँ नेवाः समाजले सहयोग गरेको छ ।
ताप्लेजुङ फुङलिङ ४ का ७४ वर्षीय छविलाल श्रेष्ठको शरीरको एकपाटा नचल्ने भएर ललितपुरको पाटन अस्पतालमा उपचार गराई रहनु भएको थियो । खर्चको अभावमा उपचारमा समस्या देखेपछि उपचारको लागि काठमाडौँमा रहेका नेवार समुदायले सहयोग गरेको हो ।
ताप्लेजुङ काठमाडौँ नेवा समाजका महासचिव ईन्द्रकुमार श्रेष्ठका अनुुसार ताप्लेजुङमा जन्म भई काठमाडौँमा बसोवास गर्दै आएका नेवार समुदायका बासिन्दा र अन्यहरुबाट एक लाख १० हजार ७ सय रकम संलकन गरी विरामीको उपचारमा सहयोग गरेको जानकारी दिनुभयो ।
ताप्लेजुङका विभिन्न व्यक्ति तथा पाथीभरा असाहय कोष लगायतको सहयोगमा रकम बिरामीलाई सहयोग गरेको समाजका कोषाध्यक्ष मञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।
समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले मर्दा पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको ताप्लेजुङ काठमाडौँ नेवा समाज गठन भएको उल्लेख गर्दै यस अघि पनि क्यान्सरका बिरामी ताप्लेजुङ तेल्लोक घर भई हाल काठमाडौको किर्तिपुर बस्दै आउनु भएका कुमार खाकीलाई पनि एक लाख ७ हजार रुपैया सहयोग गरेको जानकारी दिनुभयो ।



















