नो केबलकार समूहले ६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा

वेलकम खबर
फाल्गुन ११, २०८१

ताप्लेजुङ। नो केबलकार समूहले ६ बुँदे माग पत्र राख्दै विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार  विज्ञप्ति प्रकाशित गदै विरोधको कार्यक्रम सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा भनिएको छ  घाइतेहरूको तत्काल उपचार गर्नुपर्ने पक्राउ परेकाहरू रिहाइ गर्नुपर्ने बेपत्ताहरू सार्वजनिक गर्नुपर्ने सीडीओ नेत्रप्रसाद  शर्मा र डी एस पी रबि रावललाई तत्काल कारबाही गर्नुपर्ने कर्फ्यु तत्काल हटाउनुपर्ने लगायतका माग राख्दै  कोशी प्रदेशको  १४ वटै जिल्ला उपत्यकामा विरोध प्रदर्शन, पत्रकार सम्मेलन, यसरी नै प्रत्येक पालिका वार्ड सम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । विज्ञप्तिमा  मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति संयोजक  श्रीप्रसाद लिम्बू, र , पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक खगेन्द्र फेम्बुको हस्ताक्षर गरेको छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*