पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात

मदन गौतम
फाल्गुन १०, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ । पुर्वर्क प्रसिद्ध तिर्थस्थल पाथीभरा लगायत अन्य हिमाली क्षेत्रमा पनि बाक्लो हिमपात भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । तर शुक्रबार राती भने निकै बाक्लो हिमपात परेकाले काफ्ले पाटीसम्म पुगेको थियो ।

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीलाई भने असर नपुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । पाथीभरा देवीको मन्दिरबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तीर्थयात्रीहरू सहजै पाथीभरा देवीको मन्दिरसम्म जान सक्ने हाङबाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*